Dhulikhel Eco Banner new

कालिका लघुवित्तको खुद नाफा १३२ प्रतिशतले बढ्यो

8.31K
shares

काठमाडौं, ६ साउन । कालिका लघुवित्त वित्तीय संस्था लिमि विवरण टेडको नाफा १३२ प्रतिशले बढेको छ । लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत विवरण अनुसार अघिल्लो वर्षकोभन्दा १३२.७२ प्रतिशतले नाफ बढेको हो ।

लघुवित्तले यो अवधिमा १२ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा लघुवित्तको नाफा ५ करोड ५२ लाख रुपैयाँ रहेको थियो । संस्थाको निष्क्रिय कर्जा घटेपछि सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएको र उल्लेख्य खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.१३ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी २४.३२ प्रतिशत र कुल सञ्चालन आम्दानी ५.१४ प्रतिशत बढेको छ ।

अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्ममा २ करोड ६० लाख रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा गत आर्थिक वर्षको सोही अवधिसम्ममा ८ करोड ९२ लाख रुपैयाँ धनात्मक भएको छ । त्यसैगरी, सो अवधिसम्ममा लघुवित्तले ११ करोड ४८ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २१ रुपैयाँ १८ पैसा बढेर ४१ रुपैयाँ ७ पैसा पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २९.१९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ६८ पैसा रहेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १२.७२ प्रतिशत बढेको छ भने जगेडा कोष ५१.२३ प्रतिशत बढेको छ ।