Dhulikhel Eco Banner new

नेपाल बैंकबाट चोरी भएको भनिएको रकम खातावालकै आफन्तको खातामा

7.55K
shares

काठमाडौं, १२ साउन । नेपाल बैंक लिमिटेडको रोल्पा घर्तीगाउँ शाखाबाट चोरी भएको भनिएको रकम खातावालकै आफ्न्तकोमा गएको पाइएको छ । साउन २ गते घर्तीगाउँ शाखामा खाता भएका जनक वलीको खाताबाट हराएको भनिएको ६ लाख रुपैयाँ उनकै आफन्तको खातामा ट्रान्सफर भएको देखिएको हो ।

मोबाइल बैंकिङ मार्फत ट्रान्सफर भएको रकम जनक वलीका साली, भदै लगायतको खातामा गएको नेपाल बैंक लिमिटेडका प्रवक्ता प्रकाश कुमार अधिकारीले जानकारी दिए । ‘खाताबाट पैसा पनि गएको हो, कहाँ गयो भन्ने पनि जानकारी भएको छ, अनि मोबाइल बैंकिङ लिनेले त्यसको सरक्षा पनि त गर्न सक्नु प¥यो त,’ उनले भने ।

वलीको खाताबाट एकै पटक नभएर पटक पटक गरी रकम अर्को खातामा गएको र त्यो खाता उनैकै आफन्तको भएको जानकारी आएको प्रवक्ता अधिकारीको भनाइ छ । खातावालाले मोबाईल बैंकिङ लिएको र त्यसको सुरक्षा गर्न नसकेको कारण यो अवस्था आएको प्रवक्ता अधिकारीले बताए ।

खातावालको मोबाइल बैंकिङ अरु कसैले चलाएको हुन सक्ने र आशंका रहेको तर पटक पटक रकम ट्रान्सफ भएको जानकारी आउँदा पनि सबै पैसा सकिए पछि मात्रै खबर गरिएकाले यस विषयमा खातावाला नै जिम्मेवार हुने उनको भनाइ छ ।

Follow Up

खातावालाको जानकारी बीनै ट्रान्सफर भयो ६  लाख रुपैयाँ

खातावालाको जानकारी बीनै ट्रान्सफर भयो ६ लाख रुपैयाँ