मानुषी लघुवित्तमा रोजगारीको अवसर
वि.सं.२०७९ भदौ ३ शुक्रवार १०:२७
shares

काठमाडौं, ३ भदौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी खुलेको छ । काभ्रेको बनेपाका केन्द्रीय कार्यालय रहेको संस्थाले कनिष्ठ सहायक (प्रशिक्षाथी) पदका लागि आवेदन माग गरेको हो ।
संख्या नखुलाएको संस्थाले एस.एल.सी वा एस.ई.ई मा सी ग्रडल्याएको व्यक्तिहरुले आवेदन दिन सक्ने जनाएको छ । १८ वर्ष पुरा भएर ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनु पर्ने छ । कम्प्युटर चलाउन जान्ने र इमेल इन्टरनेटको ज्ञान भएकाहरुलाई प्राथमिकता दिइने कम्पनीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
अनलाइनबाट आवेदन दिन सकिने छ भने सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिइसक्नु पर्ने छ ।















