Dhulikhel Eco Banner new

सेञ्चुरी बैंकका ग्राहकलाई नारायणी अस्पताल र सिराईचुली होटलमा विशेष छुट

5.37K
shares

काठमाडौं, २९ भदौ । चितवनको नारायणगढमा रहेको एनपिआई नारायणी सामुदायिक अस्पताल र सिराईचुली होटलमा सेञ्चुरी बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । सेन्चुरी बैंकको नारायणगढ शाखा र भरतपुर वडा नम्बर १० मा रहेको एनपिआइ नारायणी सामुदायिक अस्पताल तथा सिराइचुली होटलबीच बैंकको ग्राहकलाई विशेष छुट दिन सम्झौता भएको हो ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई एनपिआइ नारायणी सामुदायिक अस्पताल, नारायणगढ तथा सिराइचुली होटल, नारायणगढमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । एनपिआइ नारायणी सामुदायिक अस्पतालले लिने बिभिन्न सेवामा बैंकका ग्राहकलाइृ १० प्रतिशत छुट प्रदान गर्ने छ । सम्झाता अनुसार ओ. पि. डी., फार्मेसि, सि.टी. स्क्यान बाहेकका सेवामा छुट प्रदान गरिने छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नारायणगढ शाखाका प्रमुख भेषराज खड्का र एनपिआईं नारायणी सामुदायिक अस्पतालको तर्फबाट सञ्चालक बिष्णु कुँवरले हस्ताक्षर गरेका छन् । त्यस्तै सिराइचुली होटलमा फुड एण्ड बेभरेजमा १० प्रतिशत र एकोमोडेशन शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट नारायणगढ शाखाका प्रमुख भेषराज खड्का र सिराइचुली होटलका संचालक बिष्णु घिमिरले हस्ताक्षर गरेका छन् ।

सेञ्चुरी कमर्सियल बैंकले चितवन जिल्लामा ६ वटा शाखाहरु मार्फत सेवा दिँदै आएको छ । यस्तै देशभर १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।