Dhulikhel Eco Banner new

सर्वाधिक निक्षेप सुरक्षण गर्ने बैंक बन्यो राष्ट्रिय वाणिज्य बैंक

4.25K
shares

काठमाडौं, ५ असोज । राष्ट्रिय वाणिज्य बैंक सर्वाधिक निक्षेप सुरक्षण गर्ने बैंक बनेको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषको निक्षेप सुरक्षण कार्यक्रममा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाहरु मध्ये राष्ट्रिय वाणिज्य बैंक लिमिटेड आर्थिक वर्ष २०७८/०७९ मा सर्वाधिक निक्षेप सुरक्षण गरी सबैभन्दा बढी सुरक्षण दस्तुर भुक्तानी गर्ने बैंकको रुपमा सम्मानित भएको हो ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको कोषको ४९ औँ वार्षिक उत्सवको अवसरमा बैंकलाई सम्मान गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई कदरपत्र सहित सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।

बैंकले हाल ७ प्रदेश, ७७ जिल्लामा २५९ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ प्रणाली मार्फत सेवा प्रवाह गरिरहेको छ ।