Dhulikhel Eco Banner new

सांग्रिला डेभलपमेन्ट बैंक १८ औँ वर्षमा प्रवेश

7.68K
shares

काठमडौं, १४ कात्तिक । सांग्रिला डेभलपमेन्ट बैंक १८ औँ वर्षमा प्रवेश गरेको छ । १८ वर्ष अघि स्थापना भएको बैंकले सोमबार केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर बार्षिकोत्सव मनाएको हो ।

बैंकको वार्षिक उत्सव आइतबार परेको भए पनि सार्वजनिक विदा भएकाले केक काटेर औपचारीक कार्यक्रम सोमबार मनाइएको हो। वर्षिकोत्सव समारोहमा बैंकमा १० वर्ष पुरा गरेका कर्मचारीलाई सम्मान समेत गरिएको थियो । १० वर्ष पुरा गरेका कर्मचारीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले कदरपत्र सहित सम्मान गरेका थिए ।

सांग्रिला डेभलपमेन्ट बैकले आफ्ना ग्राहक तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १८ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ । साथै, अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ । विज्ञप्तिमा भनिएको छ ।