Dhulikhel Eco Banner new

नेपालले युएईसँग एकदिवसिय सिरिज खेल्ने

4.29K
shares

काठमाडौं, १४ कात्तिक । नेपाली क्रिकेट टोलीले घरेलु मैदानमा युएईसँग तीन खेलको एकदिवसिए सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँग तीन खेलको सिरिज गर्ने मिति सार्वजनिक गरेको हो ।

क्यानले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल कार्तिक २८ (नोभेम्बर १४) लेख्ने छ । त्यस्तै दोस्रो खेल कात्तिक ३० (नोभेम्बर १६) मा खेल्नेछ । तेस्रो तथा अन्तिम खेल मंसिर २ (नोभेम्बर १८) मा हुने छ । सबै खेल टियु मैदानमा हुने छन् । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसिय सिरिजमा नामिबिया भ्रमण अघि युएईसँग सिरिज खेल्न लागेको हो ।

नेपालले २ डिसेम्बरमा नामिबिया भ्रमण गर्नेछ । नेपाल, नामिबिया र स्कटल्यान्डबीच सिरिज हुनेछ । नेपाल हाल विश्वकप लिग–२ मा ८ मा जित र ११ मा हार सहित १७ अंकका साथ छैटौं स्थानमा रहेको छ । हाल ओमान तालिकाको शिर्ष स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ ।

यो प्रतियोगितामा एक टिमले ३६ खेल खेल्नु पर्ने हुन्छ । यो अवस्थामा नेपालले विश्वकप लिग–२ मा १६ खेल खेल्न बाँकी छ । जसमा ८ घरेलु मैदान टियु र ८ विदेशी भूमिमा छन् ।