Dhulikhel Eco Banner new

फरवार्ड माइक्रोफाइनान्सले लाभांश पारित गर्न बोलायो साधारणसभा

5.55K
shares

काठमाडौं, १० पुस । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश पारित गर्नका लागि साधारणसभा आव्हान गरेको छ ।

सभा दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल दुहवी सुनसरीमा हुने भएको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश(कर सहित) पारित गर्नेछ ।
त्यसैगरी साधारण सभाले यस लघुवित्तले अन्य कुनै पनि लघुवित्त वित्तीय संस्थालाई गाभ्ने, गाभिने तथा प्राप्ती गर्ने प्रयोजनको उपयुक्त संस्थाहरु पहिचान गर्ने लगायत महत्वपूर्ण सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने,आव २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १७ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।