Dhulikhel Eco Banner new

जाजरकोट महोत्सवको तयारी पुरा

4.77K
shares

काठमाडौं, १० पुस । चौथो जाजरकोट महोत्सवको तयारी पुरा भएको छ । भोलि (सोमबार) देखि सुरु हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकको भनाइ छ ।

‘कर्णाली समृद्धिको आधार पर्यटनको विकास र पूर्वाधार’ भन्ने नाराका साथ सञ्चालन हुने महोत्सवमा झण्डै ५ करोड रुपैयाँ बराबरको कारोबार हुने उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष रमेश केसीले जानकारी दिए । भोलिदेखि हुने कार्यक्रमका लागि तयारी लगभग सकिएको र केही काम मात्रै बाँकी रहेको उनको भनाइ छ ।

महोत्सवमा ‘कृषि, पर्यटन, कला, संस्कृति वातावरण तथा औद्योगिक मेलाको रुपमा यस महोत्सवलाई लिएको अध्यक्ष केसीले बताए । महोत्सवमा एक लाख दर्शक आउने अनुमान गरिएको उनको भनाइ छ । महोत्सवले आर्थिक क्षेत्रमा देखिएको समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यवसायीहरुको छ ।

जिल्लाको भेरी नगरपालिका ३ तल्लो थाप्लेमा ११ गतेदेखि १७ पुस सम्म सञ्चालन हुने महोत्वमा विभिन्न कलाकारहरुको प्रस्तुति रहने बताइएको छ । त्यस्तै जिल्लाका विभिन्न भेगका कला संस्कृति झल्काउने झाकी पनि प्रदर्शन गरिने अध्यक्ष केसीले बताए । महोत्सवमा अहिले सम्मकै सर्वाधिक राशिको पुरुष खुल्ला भलिवल प्रतियोगिता सञ्चालन गरिने छ ।