GBIME

वस्तु आयातको नगद मार्जिन हट्यो

1.93K
shares

काठमाडौं, ५ माघ । नेपाल राष्ट्र बैंकले वस्तु आयातमा लगाएको नगद मार्जिन हटाएको छ । बिहीबार परिपत्र गर्दै राष्ट्र बैंकको विदेशी विनिमय विभागले यस अघि वस्तु आयातमा लागएको नगद मार्जिन हटाएको हो ।

नगद मार्जिन हटाएसँगै अब आयातकर्ताले भातर बाहेकका देशबाट वस्तु आयात गर्दा ड्राफ्ट टीटीमार्फत् ३५ हजार डलरसम्म र भारतबाट ३ करोड भारुसम्मको वस्तु आयात गर्न पाउँनेछन् । त्यस्तै डीएपी डीएमार्फत् भने ५० हजार डलरसम्म वस्तु आयात गर्न राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले १ हजार ४०० वस्तु आयातका लागि शत प्रतिशत र ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको थियो । गत आवको मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले केही वस्तु आयातका लागि प्रतीतपत्र खोल्दा नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको थियो । जसलाई विदेशी विनिमय विभागले एकीकृत परिपत्र–२०७८ मा संशोधन गरी अब प्रतीतपत्र बिना नै वस्तु आयात गर्न सकिने व्यवस्था समेत गरेको छ ।