नेशनल माइक्रोफाइनान्स लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
वि.सं.२०७९ फागुन २८ आइतवार १३:०४
shares

काठमाडौं, २८ फागुन । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चितवनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४ शिवनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रम लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव, चितनव क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि ढकाल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य ढकालले स्थानीय जनतालाई वित्तीय साक्षरता दिनमा लघुवित्तले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले ऋण असुलिका क्रममा मानवियता देखाउन पनि लघुवित्तलाई आग्रह गरेका थिए । लघुवित्तबाट लिएको ऋणको सहि सदुपयोग गर्न पनि उनले त्यहाँका स्थानीयलाई आग्रह गरे ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष राजेन्द्र सांखिले संस्थाले यो क्षेत्रमा वित्तीय साक्षरता पु¥याएको भन्दै धन्यबाद दिएका थिए । कार्यक्रममा शिवनगर बजार ब्यवस्थापन समितिका अध्यक्ष बिनोद घिमिरे, शिव पाञ्चांङ मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष बुद्धि प्रसाद चापागाई, स्थानीय समाजसेवी तथा राजनीतिकर्मी हरिकृष्ण गुरुङ, समुह नं.१६ कि सदस्य गंगादेवी कंडेल लगायतका व्यक्तिहरुले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा संस्थामा आवद्ध उत्कृष्ट समुहहरूलाइ पुरस्कार समेत प्रदा नगरिएको थियो । सो कार्यक्रममा समुह सदस्यबाट राखिएका सल्लाह, सुझाव, जिज्ञासाको उत्तर संस्थाका सीईओ रामबहादुर यादवले दिएका थिए ।
हाल नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लि.ले देशका ६४ जिल्लामा १०१ शाखा कार्यालय मार्फत करिव १ लाख ५० हजार घरपरिवारमा लघुवित्तिय सेवा पु¥याइरहेको छ ।



















