Dhulikhel Eco Banner new

कृषि विकास बैंकमा नेपाल स्क्यान एण्ड पे सेवा थप विस्तार

4.59K
shares

काठमाडौं, १६ वैशाख । नेपाल क्लियरिङ हाउसले तयार गरेको अन्तर आवद्धता सहितको नेपाल पे क्यू आर कोडको सेवा कृषि विकास बैंकबाट सुरुवात भएको छ । नेपालको हाल रुपान्तरणमा भइरहेको तिव्र विकासको कारणले यस्तो किसिमको कारोबारहरु सम्भव भएको हो ।

ग्राहकबाट हुने रकमान्तर तथा विभिन्न किसिमको बिल भुक्तानीको लागि यो सेवा विश्वसनिय तथा सरल रहेको छ । साथै यस्तो सेवामार्फत भएको कारोबारहरुमा कुनै शुल्क नलाग्ने व्यवस्था समेत बैंकले गरेको छ ।

बैंकको मोवाइल बैंकिङ सेवा लिएका ग्राहकहरुका लागि यो सेवा निकै उपयोगी हुने बैंक श्रोतले जानकारी गरेको छ । शुक्रबार कृषि बिकास बैंकको मुख्य कार्यालयमा भएको एक कार्यक्रमको बीच कृषि विकास बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधानले सयुक्त रुपमा बैंकको मोबाइल बैंकिङबाट कारोबार गरि उक्त सेवाको शुभारम्भ गरेका छन् ।

यो सेवाको शूरूवात पश्चात कृषि विकास बैंकमा खाता रहेका व्यवसयिक संस्थाहरूको खातामा बैंक तथा नेपाल क्लियरिङ हाउस आवद्ध सबै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी सेवा संचालकहरुको मोबाइल एप्लिकेशन मार्फत सहज तथा सरल तवरले कारोवार गर्न सकिने सुविधा रहेको र यस्ता कार्यले भुक्तानी कारोवारको कारोवार लागतको न्यूनिकरण गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङले बताएका छन् । उक्त कार्यक्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधानले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले संचालनमा ल्याएका विभिन्न सेवाहरु बैंकका विभिन्न डिजिटल सेवाहरुसंग आबद्ध गरेमा बैंकले प्राप्त गर्ने अवसरको बारेमा चर्चा गरे ।

सो कार्यक्रममा बैंकका उच्चपदका अधिकारीहरु र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका अन्य अधिकारी समेतको उपस्थिति रहेको थियो ।