Dhulikhel Eco Banner new

१० अर्बको ऋणपत्र जारी, के के छन् सर्तहरु ?

6.41K
shares

काठमाडौं, ४ जेठ । नेपाल राष्ट्र बैंकले १० अर्बको ऋणपत्र जारी गरेको छ । राष्ट्र बैंकले बुधबार एक सूचना जारी गरेर बोलकबोल मार्फत बिहीबार ऋण पत्र बिक्री गर्ने जनाएको हो । विकास ऋणपत्र २०८१ ‘ङ’ नाम दिइएको उक्त ऋणपत्रको अवधि २ वर्षको हुने राष्ट्र बैंकले जनाएको छ ।

उक्त ऋणपत्रमा वार्षिक ब्याजदर बोलकबोलका आधारमा निर्धारण गरिने सूचनामा जनाइएको छ । यो ऋणपत्र धितो राखेर कर्जा लिन सकेत यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्ने जनाइएको छ ।

अर्धबार्षिक रुपमा ब्याज भुक्तानी गरिने र त्यसमा ब्याजकर लाग्ने जनाइएको छ । ऋणपत्र खरिदका लागि बिहीबार हपरान्ह ३ जबेसम्मको अनलाईन मार्फत बोलकबोल गर्नका लागि राष्ट्र बैंकले अनुरोध गरेको छ । ऋणपत्र घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निस्कासन रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भागजाने अंकमा हुनुपर्ने सूचनामा उल्लेख छ । जेठ ५ मा बोलकबोल संकलन गरेर ६ गते ऋणपत्र निस्कासन गरिने राष्ट्र बैंकले जनाएको छ ।

ऋणपत्र खरिदका सर्तहरु
(क) खरिद गर्न पाउने सीमा : घटीमा रु. पचास हजार र बढीमा कल निष्काशित रकमको सीमामा नबढाई रु पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा ।

(ख) यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यस बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् ।

(ग) प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलब पछाडि दुई अंकसम्म मात्र उल्लेख गर्नु पर्नेछ । ईच्छुक बोलवालाले बहु–व्याजदरमा समेत बोल गर्न सक्नेछन् ।

(घ) अप्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकममात्र उल्लेख गर्नु पर्नेछ । प्रतिस्पर्धी बोलकबोलवाट निर्धारित एकल ब्याजदरमा अप्रतिस्पर्धी बोलवालालाई उक्त ऋणपत्र बिक्री गरिनेछ ।

(ङ) नेपाल राष्ट्र बैंकमा खाता नभएका बोलवालाहरुले आफले खरिद गर्न चाहेको रकमको २.५० प्रतिशतले हने अर्नेष्ट मनी वापतको रकम यस बैंकमा रहेको खाता नं. १२०००००–०१५–११५–५२४ मा जम्मा गरेको सक्कल भौचर यस विभागमा २०७९ जेठ ०५ गते दिनको ३ः०० बजेभित्र पेश गर्न पर्नेछ ।

(च) नेपाल राष्ट्र बैंकमा खाता भएका बोलवालाहरुले उक्त अर्नेष्ट मनी वापतको रकम आ–आफ्नो खातामा मौज्दात कायम गर्नु पर्नेछ ।

(छ) व्यक्ति बोलवाला भएको खण्डमा अर्नेष्ट मनी जम्मा गरेको सक्कल भौचर र नागरिकता प्रमाणपत्रको छविचित्र साथमा लिई यस विभागमा आई Online Bidding System मार्फत् बोलकबोल गर्नु पर्नेछ ।

(ज) यस बैकमा खाता नहुने सफल बोलवालाले निष्काशन मिति २०७९ जेठ ०६ गते दिनको ३ः०० बजेभित्र यस बैकमा रहेको खाता नं. १२०००००–०१५–११५–५२४ मा बाँकी रकम जम्मा गरेको भौचर यस विभागमा पेश गरी सक्नु पर्नेछ । उक्त समयभित्र आवश्यक रकम दाखिला नगरेमा अर्नेष्ट मनी वापतको रकम जफत हुनेछ ।

(झ) अस्वीकत बोलवालाहरुको अर्नेष्ट मनी वापतको रकम यससम्बन्धी निर्णय भएको मितिले ७ दिनभित्र बिना व्याज फिर्ता हुनेछ ।

(ञ) प्राप्त बोल आंशिक वा पूर्ण रुपमा स्वीकृत गर्ने वा नगर्ने अधिकार यस बैंकको खुला बजार सञ्चालन समितिलाई हुनेछ ।

(ट) यस ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत् मात्र हुनेछ ।
(ठ) अन्य थप जानकारीका लागि यस विभागको फोन नं.०१–४४१९८०५ EXT: ८३५ मा सम्पर्क राख्नु हुन अनुरोध छ ।