Dhulikhel Eco Banner new

सिटिजन्स बैंकका ग्राहकहरुले अरोगिन हेल्थ केयरमा विशेष छुट पाउने

4.3K
shares

काठमाडौं, ५ जेठ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुले आरोगिन हेल्थ केयर प्रा.लिमा विशेष छुट पाउने भएका छन् । बैंक र हेल्थ केयर बीच भएको सम्झौता अनुसार काठमाडौंको विशालनगर रहेको हेल्थ केयर प्रा.लि.मा बैंकको बैंकका कार्डबाहक ग्राहकहरूले ४५ प्रतिशतसम्मको छुट पाउने भएका हुन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ६५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।