Dhulikhel Eco Banner new

बिक्नै छाड्यो बैंकले लिलाम बिक्री गर्नु पर्ने सम्पत्ति

4.76K
shares

काठमाडौं, ५ जेठ । कुनै पनि व्यक्तिले बैंकबाट ऋण लिदा धितो राख्नु पर्ने हुन्छ । ऋणीले समयमा बैंकको सावा र ब्याज तिर्न नसकेको अवस्थामा बैंकहरुले त्यो सम्पत्ति लिलाम बिक्री गरेर आफ्नो रकम असुल उपर गर्छन । तर पछिल्लो समय आर्थिक मन्दीका कारण बैंकले गर्ने लिलाम गर्ने सम्पत्ति बिक्री हुनै छोडेको छ ।

सम्पत्ति लिलाम हुन छोडेपछि बैंकहरुले पटक पटक सूचना प्रकाशित गर्न थालेका छन् । केही दिन अघि कुमारी बैंकको कैलाली अत्तरियामा रहेको शाखाले धितोमा रहेको सम्पत्ति लिलामका लागि सूचना जारी गरेको थियो । तर त्यो सम्पति बिक्री नभएपछि अहिले बैंकले पुनः सूचना जारी गरेको छ । १५ दिनको समय दिएर जारी गरिएको सूचनाको अवधि सकिएसँग अहिले बैंकले पुनः ७ दिनको म्याद राखेर सूचना जारी गरेको छ ।

बैंकले विभिन्न ८ जना ऋणीको चल अचल सम्पत्ति लिलाम बिक्री गर्नका लागि सूचना जारी गरिरहेको छ । बैंकले जेठ १२ गते शुक्रबार गोप्य शिलबन्दी बोलपत्रद्वारा शाखा कार्यालय अत्तरिया, कैलालीमा लिलाम बिक्री गरी बैंकको लेना रकम असुल उपर गरिने जनाएको छ । बजारमा रकम अभाव भएका कारण अहिले लिलाम निकालिएका सम्पत्ति बिक्री नभएको व्यवसायीहरुको भनाइ छ ।