लुम्बिनी विकास बैंकको नाफा घट्यो, चुक्ता पूँजी ३ अर्ब ३८ करोड
वि.सं.२०८० साउन १२ शुक्रवार ११:२२
shares

काठमाडौं, १२ साउन । लुम्बिनी विकास बैंक लिमिटेडको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।
बैंकको आव २०७८/७९ मा भन्दा यो वर्ष ३.८८ प्रतिशतले घटेको छ । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ६१ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । आव २०७८/७९ मा बैंकले ६३ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै बैंकको खुद ब्याज आम्दानी २२.३१ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ०.११ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी १९.५८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७.७० प्रतिशत घटेको छ । निष्क्रिय कर्जा बढेर ३.०१ प्रतिशत पुगेसँगै बैंकको सञ्चालन मुनाफा घटेको हो । असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३९ करोड २७ लाख रुपैयाँ रहेको छ ।
बैंकको चुक्ता पूँजी ३ अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा २ अर्ब ७७ करोड रुपैयाँ सञ्चित छ । सो अवधिसम्ममा बैंकले ४९ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

















