Dhulikhel Eco Banner new

राष्ट्र बैंकको रिक्त सञ्चालकमा आचार्य र शिवाकोटी नियुक्त

6.44K
shares

काठमाडौं, ११ जेठ । नेपाल राष्ट्र बैंकको सञ्चालमा रिक्त रहेको स्थानमा नेपाल सरकारले दुई जनालाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सञ्चालकमा चिन्तामणी शिवाकोटी र डा. शंकर प्रसाद आचार्य नियुक्त गर्ने निर्णय गरेको छ ।

शिवाकोटी राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर हुने भने आचार्य पूर्व कार्यकारी निर्देशक हुन् । राष्ट्र बैंकका सञ्चालकद्वय श्रीराम पौडेल र रामजी रेग्मीको कार्यकाल सकिएपछि सो पद रिक्त थियो । लामो समयदेखि राष्ट्र बैंकको संचालक पद खाली रहदा नियमित बैठकहरुमा समेत प्रभाव देखिएको थियो । नियमित बैठकमा संचालकले पूर्णता नपाँउदा कतिपय बैठकहरु हुन सकेको थिएन ।

मन्त्रिपरिषद्ले निर्णय गरेको कुुरा सञ्चार माध्यमबाट जानकारी भए पनि आधिकारीक रुपमा चिठ्ठी भने आइनसकेको राष्ट्र बैंकका सूचना अधिकारी नारायण पोखरेलले जानकारी दिए ।