Dhulikhel Eco Banner new

राष्ट्र बैंकले तिहारका लागि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने

5.23K
shares

काठमाडौं, १५ कार्तिक । तिहारका लागि नेपाल राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का बिक्री खुल्ला गर्ने भएकाे छ।

राष्ट्र बैंकले  कार्तिक १९ गते  देखि २४ गतेसम्म सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री खुल्ला गर्ने भएको हो ।

एक जनाले बढीमा सुनका असर्फी १ सेट (१० ग्राम, ५ ग्राम, २.५ ग्राम) र चाँदीका सिक्का (मेडालियन) १ सेट (गाईअङ्कित २५ ग्राम, गाईअङ्कित १० ग्राम, लक्ष्मीअङ्कित १० ग्राम, गणेशअङ्कित १० ग्राम, गजलक्ष्मीअङ्कित १० ग्राम बिक्रीको प्रबन्ध मिलाइएको छ ।

उक्त असर्फी र सिक्का खरिद गर्दा नगद वा क्यूआर मार्फत भुक्तानी गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।  असर्फी र चाँदीका सिक्का बिहान ११ः०० देखि अपराह्न ३ः०० बजेसम्म बिक्री खुल्ला गरिने छ ।