GBIME

क्रेष्ट माइक्रो लाइफको अध्यक्षमा मोर

234
shares

काठमाडौं, १२ वैशाख । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको अध्यक्षमा ऋषिराज मोरले पद तथा गोपनियताको सपथ लिएका छन् । बुधबार अध्यक्ष मोरले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष सपथ लिएका हुन् ।
कम्पनीको चैत १९ गते सम्पन्न साधारणसभाबाट उनी सञ्चालक निर्वाचित भएका थिए । सञ्चालकमा निर्वाचित भएपछि बसेको बैठकले मोरलाई अध्यक्ष चयन गरेको थियो ।