Dhulikhel Eco Banner new

जीवन विकास लघुवित्तको बढ्यो नाफा

4.59K
shares

काठमाडौं, ३ भदौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ । । कम्पनीले गत आर्थिक वर्षमा ५८ करोड २२ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४३.६६ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्ष कम्पनीले ४० करोड ५२ लाख नाफा कमाएको थियो । कम्पनीको सञ्चालन नाफा ४३ प्रतिशत र खुद ब्याज आम्दानी ११ प्रतिशत वृद्धि भएको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष कम्पनीको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ २८ पैसा रहेकोमा गत वर्ष बढेर ४३ रुपैयाँ २१ पैसा पुगेको छ ।

त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो वर्ष १ अर्ब ४९ करोड रहेकोमा गत वर्ष बढेर १ अर्ब ६७ करोड पुगेको छ । कम्पनीको निष्कृय कर्जा वर्ष ४.६६ प्रतिशत पुगेको छ । चुक्ता पूँजी १ अर्ब ३४ करोड भन्दा बढी रहेको छ ।