Dhulikhel Eco Banner new

पाँच रेमिट्यान्स कम्पनीको इजाजत पत्र खारेज

3.11K
shares

काठमाडौ., ९ भदौ । नेपाल राष्ट्र बैंकले पाँच रेमिट्यान्स कम्पनीको इजाजत पत्र खारेज गरेको छ। पाँच कम्पनीको इजाजत पत्र स्वत खारेज हुने देखिएको राष्ट्र बैंकले जनाएको हो।

राम्रो रेमिट प्रा.लि, ग्लोबल माउन्टेन रेमिट, संसार लेमिट, ललित मनि ट्रान्फर र माक्स मनि ट्रान्सफरको इजाजत पत्र खारेज हुन लागेको राष्ट्र बैंकले जनाएको छ ।

इजाजतपत्र स्वतः खारेज भइजाने रेमिट्यान्स कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम तोकिएको अवधिभित्र दाबी गरेमा मान्य अवधिको बैंक जमानतले खामेसम्मको रकम मात्र राष्ट्र बैंकले हिसाब मिलान गरिदिने राष्ट्र बैंकले जनाएको छ ।