टेलिग्रामका सीईओ पावेल दुरोभ पक्राउ
वि.सं.२०८१ भदौ ९ आइतवार १२:५५
shares

काठमाडौं, ९ भदौ । मेसेजिङ एप टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पावेल दुरोभ पक्राउ परेका छन् ।
आफ्नो निजी जेटमा पेरिसकोले बोर्गे एयरपोर्ट पुगेका उनलाई फ्रान्सेली प्रहरीले पक्राउ गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
फ्रान्सेली मिडियाका अनुसार आफ्नो निजी विमानबाट पेरिसको उत्तरमा रहेको बोर्जेट एयरपोर्टमा अवतरण भए लगत्तै उनलाई पक्राउ गरिएको हो ।
३९ वर्षीय दुरोभलाई उनको मेसेजिङ एप टेलिग्रामसँग सम्बन्धित अपराधको वारेन्टका आधारमा पक्राउ गरिएको बताइएको छ ।
फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटक र विच्याट पछि टेलिग्राम विश्वकै प्रमुख सामाजिक सञ्जाल प्लेटफर्ममा पर्छ । टेलिग्राम रूस, युक्रेन लगाएतका देशहरूमा धेरै लोकप्रिय छ ।

















