नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तिन महिनामा कमायो १ अर्ब ४६ करोड ४० लाख नाफा
वि.सं.२०८१ कात्तिक ७ बुधवार १२:१६
shares

काठमाडौं, ७ कात्तिक । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको तीन महिनामा १ अर्ब ४६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८२ प्रतिशत कम हो।
बैंकको खुद ब्याज आम्दानी ६.८३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३०.०९ प्रतिशत बढेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। बैंकको यस्तो आम्दानी ६८ पैसा घटेर १७ रुपैयाँ १६ पैसामा सीमित भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ३३ पैसा रहेको छ ।
बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड ८५ लाख रहेको छ भने यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ६.०६ प्रतिशत बढेको छ। त्यस्तै, सो अवधिमा बैंकको निक्षेप ७.४१ प्रतिशत र कर्जा तथा सापटी ५.५० प्रतिशत बढेको छ।

















