सामान्य बढ्यो स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा
वि.सं.२०८१ कात्तिक ७ बुधवार ११:५४
2.83K
shares
shares

काठमाडौं, ७ कात्तिक। स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ८६ करोड २२ लाख खुद नाफा कमाएको छ । बैंकको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१ प्रतिशत बढी हो ।
बैंकको खुद ब्याज आम्दानी ११५ प्रतिशत घटेको छ । पहिले खुद ब्याज आम्दानी १ अर्ब ३८ करोड रहेकोमा अहिले १ अर्ब १६ करोडमा खुम्चिएको छ ।
बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ५७ पैसा छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब २३ करोड छ भने बैंकको निष्क्रिय कर्जा बढेर १.९५ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ २२७ रुपैयाँ छ ।

















