Dhulikhel Eco Banner new

बैंकहरुको मुद्दति निक्षेपमा ६८ करोड ५० लाख लगानी गर्दै राष्ट्र बैंक

2.31K
shares

काठमाडौं, ७ मंसिर । नेपाल राष्ट्र बैंकले बैंकहरुमा ६८ करोड ५० लाख लगानी गर्ने भएको छ। राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी बैंकहरुमा उपदान तथा पेन्सन कोषमा रहेको सो सकम मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जनाएको हो।

राष्ट्र बैंकले वाणिज्य बैंकमा ५४ करोड ८० लाख रुपैयाँ, विकास बैंकमा १० करोड २७ लाख ५० हजार रुपैयाँ र वित्त कम्पनीमा ३ करोड ४२ लाख ५० हजार रुपैयाँ मुद्दति निक्षेपमा जानकारी गराएको छ।

मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले मंसिर १० गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दति निक्षेप २०८१ मंसिर १६ गतेदेखि २०८२ मंसिर १५ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।