मुद्दति निक्षेपको ब्याजदर असार महिनाका लागि ११.०३ प्रतिशत तोकियो
वि.सं.२०७९ जेठ २९ आइतवार १४:२९
shares

काठमाडौं, २९ जेठ । वाणिज्य बैंकहरुले आगामी महिना असारका लागि मुद्दति निक्षेपमा दिने ब्याजदर तोकेका छन् ।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघले असार महिनाका लागि मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिने निर्णय गरेका हुन् । बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले जेठ महिनाकै ब्याजदरले निरन्तरता पाउने बताए ।
यस अघि चैत महिनादेखि नै बैंकहरुले ११.०३ प्रतिशत ब्याजदर दिदै आएका थिए । आर्थिक वर्षको अन्तिम महिनामा ब्याजदर बढाउदा लागत खर्च बढ्ने भएकाले पनि बैंकहरुले ब्याजदर स्थिर राख्ने भएका हुन् ।



















