GBIME

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूबीच मर्जरको प्रस्ताव

1.47K
shares

काठमाडौं, ३० जेठ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुको संख्या घटाउने गरी लागिरहेको छ । राष्ट्र बैंले संख्या घटाउने र असार मसान्तसम्म मर्जर नगरेको खण्डमा पाउने सुविधा समेत नपाउने बताइसकेको छ ।

केहीदिन अघि राष्ट्र बैंकका गभर्नरले बैंक सञ्चालक समितिका अध्यक्षहरुलाई बोलाएर यस्तो बताएका हुन् । यो बाट राष्ट्र बैंक बैंकको संख्या कम गर्नेमा तल्लीन रहेको छ । राष्ट्र बैंकले मर्जरमा जान तयार नभए कडा नीति लिने भएपछि अहिले बजारमा पुनः मर्जरको कुराले चर्चा सुरु भएको छ ।

अहिले सञ्चालनमा रहेकामध्ये नाफा र चुक्ता पुँजीसहितिका अन्य सूचीमा समेत एक नम्बरमा रहेको ग्लोबल आईएमई बैंकसँग मर्जरमा जानका लागि धेरै बैंकहरुले रुची देखाइएरहेका छन् । यहि अवस्थामा ग्लोबल आईएमई बैंकसँग बैंक अफ काठमाण्डूले मर्जरको प्रस्ताव गरेको छ ।

राष्ट्र बैंकको इकोनोमिक रिसर्च डिपार्टमेन्टले गरेको अध्ययन प्रतिवेदन गत महिना सार्वजनिक गर्दै नेपालमा वाणिज्य बैंकहरू धेरै भएकाले मर्जरको नीतिमार्फत घटाउने र बलिया बैंक बनानुपर्ने निष्कर्ष निकालेको थियो ।

दुई बैंकका संञ्चालकहरुबीच यस विषयमा औपचारीक र अनौपचारीक रुपमा छलफलहरु भइरहेको जनाइएको छ । केही सातामै प्रारम्भिक सम्झौताको तयारी समेत भइरहेको जनाइएको छ । ग्लोबल आईएमई बैंकले १० महिनामा ४ अर्ब ३१ करोड नाफा कमाउँदा बैंक अफ काठमाडाण्डूले १० महिनामा १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ ।