पोखरा फाइनान्सका सञ्चालक अच्यूत पौडेलको राजीनामा स्वीकृत
वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:२९
2.86K
shares
shares

काठमाडौं, १६ वैशाख । पोखरा फाइनान्स लिमिटेडका सञ्चालक अच्यूत पौडेलको राजीनामा स्वीकृत भएको छ।
कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले पौडेलको राजीनामा मंगलवारदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनी सचिव निर्मल कुमार कार्कीले जानकारी दिएका छन्।
पौडेलले व्यक्तिगत कारण देखाएर पदबाट राजीनामा दिएका थिए।
















