हाथवे इन्भेस्टमेन्ट कम्पनीको नाफा ४७ प्रतिशतले घट्यो
वि.सं.२०८२ वैशाख १६ मंगलवार ११:०१
shares

काठमाडौं, १६ वैशाख । हाथवे इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४७ प्रतिशतले घटेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिमा ७ करोड ५० लाख रुपैयाँ नाफा कमाएको कम्पनीले यस वर्ष सो नाफा घटाएर ३ करोड ९२ लाख रुपैयाँमा झारेको हो ।
कम्पनीको नाफा घट्नुमा सञ्चालन आम्दानीमा आएको तीव्र गिरावट मुख्य कारण देखिएको छ। अघिल्लो वर्ष २३ करोड ३९ लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी घटेर यो त्रैमासमा १० करोड रुपैयाँमा झरेको हो।
यसका साथै, कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी पनि घटेको छ। अघिल्लो वर्ष ३ रुपैयाँ ८९ पैसा रहेको हाल घटेर १ रुपैयाँ ८५ पैसामा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ७८ रुपैयाँ ३३ पैसा कायम छ। कम्पनीको सञ्चित नाफा भने २८ करोड ६२ लाख रुपैयाँमा रहेको छ।

















