Dhulikhel Eco Banner new

प्रभु बैंकको २४औँ वार्षिक साधारण सभा सम्पन्न

3.5K
shares

काठमाडौं, ३० पुस । प्रभु बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा बुधबार विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गर्दै विधिवत् रूपमा सम्पन्न भएको छ। बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा सम्पन्न सभाको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीले गरेका थिए।

सभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आर्थिक वर्ष २०८१र०८२ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा त्यससँग सम्बन्धित अनुसूचीहरू पारित गरेको छ। साथै, बैंकका सहायक कम्पनीहरू प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको आर्थिक वर्ष २०८१र०८२ को एकीकृत ९समेकित० वित्तीय विवरणसमेत स्वीकृत गरिएको छ।

वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत सबै प्रस्तावहरू शेयरधनीहरूको सर्वसम्मतिबाट पारित भएका छन्। हाल प्रभु बैंकले देशभर ३१२ वटा शाखा कार्यालय, ६८ वटा एक्स्टेन्सन काउण्टर तथा २६९ वटा एटिएममार्फत आफ्नो बैंकिङ सञ्जाल विस्तार गर्दै आएको छ। उक्त सञ्जालमार्फत बैंकले ३७ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रदान गरिरहेको जनाएको छ।

२४औँ वार्षिक साधारण सभाको अवसरमा बैंकको निरन्तर उन्नति तथा प्रगतिका लागि शुभकामना र शुभेच्छा व्यक्त गर्ने शेयरधनी, सञ्चारकर्मी तथा सम्बन्धित सबैप्रति प्रभु बैंक लिमिटेडले धन्यवाद व्यक्त गरेको छ।