Dhulikhel Eco Banner new

मेटलाइफ ‘फर्च्युन वर्ल्ड्स मोस्ट एडमायर्ड कम्पनीज २०२६’ सूचीमा अग्रणी बीमा कम्पनीको रूपमा सम्मानित

2.96K
shares

काठमाडौं, १९ माघ । विश्वव्यापी वित्तीय सेवा प्रदायक कम्पनी मेटलाइफले सन् २०२६ का लागि सार्वजनिक गरिएको ‘फर्च्युन वर्ल्ड्स मोस्ट एडमायर्ड कम्पनीज २०२६’ को सूचीमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ। जीवन तथा स्वास्थ्य बीमा क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै मेटलाइफलाई यो सम्मान प्रदान गरिएको हो।

प्रतिष्ठित व्यावसायिक पत्रिका फर्च्युनले कर्न फेरीसँगको सहकार्यमा तयार पारेको उक्त सूचीअनुसार मेटलाइफ जीवन तथा स्वास्थ्य बीमा क्षेत्रमा अग्रणी कम्पनीका रूपमा सूचीकृत भएको छ। यस मान्यताले वित्तीय सेवा क्षेत्रमा मेटलाइफको बलियो प्रतिष्ठा, निरन्तर प्रगति तथा दीर्घकालीन नेतृत्व क्षमतालाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ।

मेटलाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मिशेल खलाफले भने, “करिब १५० वर्षदेखि मेटलाइफले मानिसहरूलाई आत्मविश्वासका साथ जीवनमा अघि बढ्न सहयोग गर्दै आएको छ। यो मान्यताले हाम्रो व्यवसायको मजबुती, सहकर्मीहरूको समर्पण तथा ग्राहक, साझेदार र समुदायका लागि दीर्घकालीन मूल्य सिर्जना गर्ने हाम्रो प्रतिबद्धतालाई उजागर गर्छ।”

फर्च्युन र कर्न फेरीले पछिल्ला २५ वर्षभन्दा बढी समयदेखि ‘विश्वका सबैभन्दा प्रशंसित कम्पनी’ सूची प्रकाशन गर्दै आएका छन्। यस सूचीका लागि शीर्ष कार्यकारी, निर्देशक तथा उद्योग विज्ञहरूबाट नवप्रवर्तन क्षमता, दीर्घकालीन लगानी मूल्य, वित्तीय सुदृढता, प्रतिभा आकर्षण र संरक्षणलगायत नौ मापदण्डका आधारमा कम्पनीहरूको मूल्याङ्कन गरिन्छ।

यस सम्मानसँगै मेटलाइफ लगातार दोस्रो वर्ष विश्वका उत्कृष्ट कार्यस्थल सूचीमा पनि समावेश भएको छ। साथै, कम्पनीले उत्कृष्ट कार्यस्थल प्रमाणपत्रसमेत प्राप्त गरेको छ। यी उपलब्धिहरूले उद्देश्यप्रेरित, समावेशी कार्यसंस्कृति तथा कर्मचारी, ग्राहक र समुदायप्रति मेटलाइफको दृढ प्रतिबद्धतालाई पुष्टि गर्ने कम्पनीको दाबी छ।

मेटलाइफ विश्वका अग्रणी वित्तीय सेवा प्रदायक कम्पनीहरूमध्ये एक हो। यसले जीवन बीमा, दीर्घकालीन आम्दानी योजना, कर्मचारी लाभ कार्यक्रम तथा सम्पत्ति व्यवस्थापन सेवामार्फत व्यक्तिगत र संस्थागत ग्राहकलाई सुरक्षित भविष्य निर्माणमा सहयोग गर्दै आएको छ। सन् १८६८ मा स्थापना भएको मेटलाइफ विश्वका ४० भन्दा बढी बजारमा आफ्नो सेवा विस्तार गरिरहेको छ।

मेटलाइफ सन् २०११ देखि नेपालमा सञ्चालनमा रहेको छ। नेपालमा कम्पनीले व्यक्तिगत तथा संस्थागत ग्राहकलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामूहिक बीमा योजनाहरू प्रदान गर्दै आएको छ।