Dhulikhel Eco Banner new

आइजीआई प्रुडेन्सियलको नयाँ ‘आईजिआई कम्प्लेक्स’ उद्घाटन

2.47K
shares

काठमाडौं, १४ फागुन । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफ्नो नयाँ केन्द्रीय कार्यालय आईजिआई कम्प्लेक्स को भव्य उद्घाटन गरेको छ। १२ तल्ले, ६० हजार वर्गफिटको यस आधुनिक भवनमा दुई तल्ले पार्किङ सुविधा सहित डिजिटल सेवा प्रणाली र ग्राहक मैत्री कार्यक्षेत्र उपलब्ध छ।

उद्घाटन समारोहमा कम्पनीका अध्यक्ष हेम राज ढकाल, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा संस्थापक शेयरधनी चन्द्र प्रसाद ढकाल, प्राधिकरणका निवर्तमान अध्यक्ष फत्तबहादुर के।सी। लगायतले संयुक्त रूपमा रिबन काटेर भवनको उद्घाटन गरेका थिए।

अध्यक्ष ढकालले समारोहमा नयाँ भवन कम्पनीको दीर्घकालीन रणनीति, ग्राहक केन्द्रीत सेवा, विश्वसनीयता र प्रविधिमैत्री सेवा विस्तारको प्रतीक रहेको बताए। उनले कम्पनीले छिटो, प्रभावकारी र भरोसायोग्य बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको जानकारी दिए।

नेपाल बीमा प्राधिकरण र बीमा क्षेत्रका वरिष्ठ पदाधिकारीहरूले कम्पनीको प्रगतिप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा अझ प्रगतिको शुभकामना दिएका थिए। संस्थापक शेयरधनी चन्द्र प्रसाद ढकालले इमान्दारीताका साथ काम गर्दा उन्नति सम्भव रहेको उदाहरण प्रस्तुत गरे।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ ले भने, “हामी केवल भवन उद्घाटन गरिरहेका छैनौं, हाम्रो प्रतिबद्धता, विश्वास र सेवा प्रतिको समर्पणलाई नयाँ उचाइमा पुर्‍याउने संकल्प पनि उद्घोष गर्दैछौं।”

समारोहमा बीमा क्षेत्रका विशिष्ट व्यक्तित्व, बैंक तथा वित्तीय संस्था, उद्योगी–व्यापारी, स्थानीय सरकार प्रतिनिधि, कर्मचारी र पत्रकारहरूको उल्लेख्य उपस्थिती रहेको थियो।

आइजीआई प्रुडेन्सियलले नयाँ भवनसँगै ग्राहक भरोसा, पारदर्शिता र प्रविधि आधारित सेवा विस्तारमा आफ्नो प्रतिवद्धता अझ सुदृढ बनाउने जनाएको छ।