Dhulikhel Eco Banner new

नेपालमा माघ महिनामा बैंकिङ कसुर सबैभन्दा बढी

2.96K
shares

काठमाडौं, १४ फागुन । माघ महिनामा देशभर दर्ता भएका उजुरीमध्ये बैंकिङ सम्बन्धी मुद्दा सबैभन्दा बढी रहेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार यस महिनामा मात्र बैंकिङ कसुरसम्बन्धी १,०१७ मुद्दा दर्ता भएका छन् । उक्त मुद्दा कुल मुद्दा दर्ताको २२.२९ प्रतिशत हो।

त्यस्तै, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका मुद्दा ५६३ दर्ता भएका छन् (१२.३४ प्रतिशत), आत्महत्या सम्बन्धी ४९४, लागुऔषधसम्बन्धी ४३६, भवितव्य ज्यानका ३८० र चोरीका ३६४ उजुरी दर्ता भएका तथ्यांकले देखाउँछ।

प्रदेशअनुसार काठमाडौं उपत्यकामा सबैभन्दा धेरै १,३३७ मुद्दा दर्ता भएका छन्। अन्य प्रदेशमा मुद्दा दर्ताको अवस्था यस प्रकार छस् कोशी प्रदेश ७७५, मधेस प्रदेश ७०४, लुम्बिनी ५७३, बागमती ३८८, गण्डकी ३६७, सुदूरपश्चिम २५८ र कर्णालीमा सबैभन्दा कम १५९ मुद्दा दर्ता भएका छन्।

प्रहरीका अनुसार, आर्थिक र बैंकिङ क्षेत्रमा हुने अनियमितताले सर्वाधिक उजुरी जन्माइरहेको छ भने राजधानी क्षेत्र र प्रमुख प्रदेशमा मुद्दा दर्ताको संख्या उल्लेख्य रूपमा बढी देखिन्छ।