Dhulikhel Eco Banner new

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सिद्धार्थ बैंकको आकर्षक कर्जा योजना

312
shares

काठमाडौं,२७ साउन  । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) द्वारा आयोजना भइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा बैंकिङ पार्टनरका रूपमा सहभागी सिद्धार्थ बैंक लिमिटेडले ग्राहकलाई लक्षित गर्दै विशेष कर्जा योजना सार्वजनिक गरेको छ ।

बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकलाई ०.५ प्रतिशत सेवा शुल्कमा कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ । साथै, आधार दरमा वार्षिक थप १ प्रतिशत प्रिमियमको ब्याजदरमा कर्जा उपलब्ध गराउने बैंकको योजना छ ।

यो विशेष योजना २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म अर्थात् ११ देखि १६ अगस्ट २०२६ सम्म सञ्चालन हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ अवधिभर लागू हुनेछ ।

सवारी साधन खरिद गर्न इच्छुक ग्राहकले एक्स्पोमा सहभागी भई सिद्धार्थ बैंकको विशेष कर्जा योजनाको लाभ लिन सक्नेछन् । यस योजनामार्फत ग्राहकलाई सहज, सरल र प्रतिस्पर्धी कर्जा सुविधा उपलब्ध गराउँदै उनीहरूको आवश्यकता र रोजाइअनुसार सवारी साधन खरिद गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

यस योजनासम्बन्धी थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहेको ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।