Dhulikhel Eco Banner new

व्यवसायी पनि रक्सी र मासु खुवाउनेलाई मात्र भोट हाल्छन : अध्यक्ष पनेरु

6.28K
shares

काठमाडौं, १९ असोज । उद्योग वाणिज्य संघ झापाका अध्यक्ष नवराज पनेरुले व्यवसायीहरु समेत रक्सी र मासु खुवाएको भरमा भोट हाल्ने गरेको आरोप लगाएका छन् । केटिएम भ्वाइससँगको कुराकानीमा उनले व्यवसायीका समस्या समाधानका लागि लागेकाभन्दा पनि आर्थिक सहयोग गर्ने तथा मासु भात र रक्सी खुवाउनेलाई भोट हाल्ने गरेको बताएका हुन् ।

निजी क्षेत्रको सबैभन्दा ठूलो संस्थाले सरकारलाई नै आर्थिक भिजन दिनु पर्ने भए पनि त्यसो हुन नसकेको उनको भनाइ छ । तल्लो तहका व्यवसायीलाई समेत समेटेर काम गर्न सक्ने नेतृत्व खाँचो रहेको उनले बताए । सरकारमा रहेकाहरुको चाकडी र आफ्नो दुनो सोझ्याउनेहरुलाई यो पटकको चुनावबाट अगाडि आउन दिन नहुने उनको भनाइ छ ।

‘नेताको चाकरी गर्ने र आफ्नै मात्र दुनो सोझ्याउने दलालहरु हामीलाई चाहिएकै छैन,’ उनले भने, ‘निजी क्षेत्रमा भएका मानिसहरुले नै बैंकहरुको नेतृत्वमा रहेका छन् यस्ता दलालहरुले नै गर्दा अहिले देशमा यस्तो आर्थिक अवस्था आएको हो । यो फेरी नेतृत्वमा रहेका मान्छेहरुको मात्र दोष होइन ।’ भोट हाल्ने समयमा सावधानी नअपनाउँदा समस्या आएको उनको भनाइ छ ।