Dhulikhel Eco Banner new

बडा दशैँको मुख्य दिन विजयादशमी, टिकाको साइत ११ बजेर ५१ मिनेटमा

5.76K
shares

काठमाडौं, १९ असोज । आज बुधवार यो वर्षको दशैँको मुख्य दिन विजयादशमी । मान्यजनको हातबाट टीका, जमरा लगाएर आर्शीवाद लिएर मनाइँदैछ । टीकाको साइत खोजेर लगाउनेहरूका लागि आज बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई आज बिहान १० बजेर ३४ मिनेटमा विसर्जन गरी ११ बजेर ५१ मिनेटको साइतमा टीका लगाउन सकिनेछ । यद्यपि आज दिनभर जुनसुकै समयमा टीका लगाउन सकिने समितिले जनाएको छ । टीका लगाउने व्यक्ति पूर्व फर्केर बस्ने र लगाइदिने व्यक्तिले उत्तर–पश्चिम फर्केर लगाइदिनु उत्तम रहेको समितिले जनाएको छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजय प्राप्तिको प्रतीकका रूपमा मनाइने विजयादशमी दशँैंको महत्वपूर्ण दिन हो । देवीको प्रसादका रूपमा आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ  ।