पोखरामा अशोक लेल्यान्डको नयाँ शोरुम र सर्भिस सेन्टर लन्च
वि.सं.२०७९ चैत १९ आइतवार २०:१८
shares

काठमाडौं, १९ चैत । आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रा.लीद्धारा प्रर्वद्धित अशोक लेल्यान्डले पोखरामा आफ्नो स्टाइलिस बेस्ट इन क्लास शोरुम रु स्टट फद द आर्ट सर्भिर सेन्टरको सुरुवता गरेको छ । ग्राहकहरुका लागि नयाँ र समसामयीक सेटअपहरु प्रस्तुत गर्दै आइरहेको आइएमई मोटर्स र अशोक लेल्यान्डले नेपाली बजारमा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने अर्को थप कदमका रुपमा यो कार्यलाई अघि बढाएको हो ।
नयाँ सुविधायुक्त सेवा पोखरा, बाग्लुङ, राजमार्गको पस्त्रयाङमा स्थापन गरिएको छ । छिटो र भरपर्दो बिक्री पछिको सेवा उपलब्ध गराउने उद्देश्यका साथ पहुँच र उपलब्धताको हिसाबले अशोक लेल्यान्डले देशभर उत्कृष्ट नेटवर्क उपलब्ध गराइरहेको छ । अशोक लेल्यान्डका पहिले नै देशभर १८ वटा आउटलेट सञ्चालनमा रहेका छन् । कम्पनीले निकट भविष्यमै थप ४ वटा आउटलेट सञ्चालनको तयारीमा रहेको जनाएको छ । त्यस्तै हाल देशभर ४८ स्पेयर पार्ट्स आउटलेट सञ्चालनमा रहेका छन् भने २० वटा आउटलेट सञ्चालनमा रहेका छन् ।

अत्याधुनिक शोरुमले अग्रणी ब्रान्ड अशोक लेल्यान्डका फुल रेन्ज सवारी साधन उपलब्ध गराउने छ । ग्राहकले आफ्ना अनुकूलता अनुसार विभिन्न मोडलको स्पेसिफिकेशन तथा पिचर तुलना गरी उपयुक्त सवारी छनोट गर्न सक्नेछन् । आधिकारिक सर्भिस सेन्टर, पीके ट्रेडिङ, सँग अनुभवी तथा तालिमप्राप्त र सीपयुक्त प्राविधिकहरुको समूह रहेको छ । जसले अशोक लेल्यान्डका सबै कमर्सियल सवारी साधन मोडलमा भएका समस्याको समाधान र मर्मत गर्न सक्छन् । मर्मत कार्यलाई छिटो र कुशलतापूर्वक सम्पन्न गर्ने सुनिश्चितताका लागि सर्भिस सेन्टर अत्याधुनिक टुल्स र इक्विपमेन्टले सुसज्जित छन् । सवारी साधन चलायमान गराई राख्नका लागि सर्भिस सेन्टरले नियमित मर्मत सेवा समेत प्रदान गरिरहेका छन् ।
स्पेयर पार्ट्स डिपार्टमेन्टले सबै प्रकारका कमर्सियल सवारी साधनका लागि उपयुक्त जेन्युइन पार्ट्सको स्टक उपलब्ध गराउँछ । आफ्नो सवारी साधनमा फिट हुने र प्रभावकारी रुपमा कार्य गर्ने गरी डिजाइन गरिएका स्पेयर पार्ट्स यहाँ उपलब्ध हुने भएकाले ग्राहक ढुक्क हुन सक्छन् । कम्पनीले आफ्ना ग्राहकलाई उच्च स्तरको सेवा उपलब्ध गराउन यो नयाँ शोरुम र सर्भिस सेन्टरमा लगानी गरेको हो ।
शोरुम र सर्भिस सेन्टरको उद्घाटन गर्दै आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले भने ‘हाम्रो प्रतिवद्ध ग्राहक केन्द्रीत रणनीतिको एक हिस्साका रूपमा हामी हाम्रो डिलरशिप नेटवर्क विस्तार गर्न सधैं तत्पर छौं ।’ नेपालका सबै प्रमुख सहरहरूमा फैलिएको विद्यमान व्यापक नेटवर्कमा नयाँ आउटलेटहरूलाई स्वागत गर्न पाउँदा निकै खुसी लागेको उनको भानाइ थियो ।















