Dhulikhel Eco Banner new

प्रभु क्यापिटलका हितग्राही खाताहरुलाई गुहे्श्वरी डेन्टलमा बम्पर छुट

3.37K
shares

काठमाडौं, ३ भदौ । प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकहरुको डेन्टल सम्बन्धी कुनै पनि उपचार गर्दा लाग्ने खर्चको लागि गुहे्श्वरी  डेन्टल मल्टिस्पेसीयालीटि एण्ड इप्लान्ट हब प्राइभेट लिमिटेडसँग मिति २०८० साल भदौ १ गते सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र गुहे्श्वरी डेन्टल मल्टिस्पेसीयालीटि एण्ड इप्लान्ट हब प्राइभेट लिमिटेडको तर्फबाट संचालक दिपेश गोर्खालीले हस्ताक्षर गरेका हुन् ।

क्यापिटलका ग्राहकहरुलाई गुहे्श्वरी डेन्टल मल्टिस्पेसीयालीटि एण्ड इप्लान्ट हब प्राइभेट लिमिटेडमा सेवा लिदाँ १५% छुट पाउन सक्छन् यो योजनाबाट लाभ लिन हितग्राहीहरुले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारी सहित हितग्राही खाता नम्बर गुहे्श्वरी डेन्टल मल्टिस्पेसीयालीटि एण्ड इप्लान्ट हब प्राइभेट लिमिटेडलाई उपलब्ध गराउनु पर्नेछ । यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट १ वर्ष सम्म लिन सक्नेछन् ।

ललितपुर, पुलचोकमा रहेको गुहे्श्वरी डेन्टल मल्टिस्पेसीयालीटि एण्ड इप्लान्ट हब प्राइभेट लिमिटेड अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ । गुहे्वरी डेन्टल मल्टिस्पेसीयालीटि एण्ड इप्लान्ट हब प्राइभेट लिमिटेड बाट ग्राहकहरुले डेन्टल चेकअप, डेन्टल फिलिङ्ग, तिथ ब्लीचिंग, डेन्टल एक्सट्राक्सन, तथा अन्यसेवा लिन सकिने क्यापिटलले जनाएको छ ।

प्रभु क्यापिटलले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सहज तरिकाले सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख ३० हजार माथि हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ ।