लक्ष्मी सन्राइज बैंकले गर्यो पोखरामा सेवा विस्तार
वि.सं.२०८१ कात्तिक ११ आइतवार १२:५७
shares

काठमाडौं, ११ कात्तिक । लक्ष्मी सन्राइज बैंकले कास्की जिल्लाको पोखरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।
बैंकको पोखरा महानगरपालिका वडा न. २६ स्थित बुढीबजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न. ६ स्थित हल्लनचोक (लेकसाइड) मा स्थानान्तरण गरिएको हो ।
स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले सोही महानगरपलिकको वडा न. २७ स्थित लेखनाथ (तालचोक) शाखा मार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।
सेवा विस्तारकै क्रममा बैंकले आफ्नो २७औं एक्स्टेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । उक्त काउन्टर पोखरा महानगरपलिका वडा न. १६ को बाटुलेचौरमा स्थापना भएको बैंकले जनाएको छ ।
साथै ग्राहकहरुको सहजता लागि रौतहट जिल्लाको गौर नगरपलिका वडा न. ३ मा स्थित शाखा कार्यालय सोही वडाको ३० मिटर पूर्व तर्फ स्थानान्तरण भएको छ ।
स्थानान्तरण भए सँगै बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने बैंकले विश्वास राखेको छ । स्थानान्तरण भएका शाखाहरूले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।
हाल लक्ष्मी सन्राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२१ एटिएम, २७ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।



















