Dhulikhel Eco Banner new

मञ्जुश्री फाइनान्सको साधारण सभा सम्पन्न, ४ जना सञ्चालक निर्विरोध निर्वाचित

2.05K
shares

काठमाडौं, २९ पुस । मञ्जुश्री फाइनान्स लिमिटेडको १७औँ वार्षिक साधारण सभा आइतबार थापागाँउ व्याङकेट नयाँबानेश्वर, काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीले साधारण सभाबाट आ.व. २०८०/०८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर समेत) वितरण गर्ने निर्णय गरेको हो ।

साधारण सभाबाट फाइनान्सको सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट ३ (तीन) जना यादव अधिकारी, रामहरी शर्मा तथा सुमन प्रसाद अधिकारी र सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट १ (एक) सतिश गौतम गरि ४ (चार) जना सञ्चालकहरु आगामि ४ वर्षका लागि निर्विरोध निर्वाचित भएका हुन् ।

वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालयलाई का.म.न.पा. वडा नं. १० बाट ठाउँसारी गरी का.म.न.पा. वडा नं. ११ स्थित आफ्नै भवनमा राख्नका लागि प्रवन्ध पत्रको दफा २(१) र नियमावलीको नियम २ मा संशोधन गर्ने निर्णय पारित भएको कम्पनीले जनाएको छ ।

फाइनान्सले गत मंसिर मसान्त सम्म २१ अर्ब निक्षेप संकलन तथा १७.५ अर्ब कर्जा निर्वाह गर्दै आएको जनाएको छ्र ।