Dhulikhel Eco Banner new

सिटिजन्स बैंकद्वारा दृष्टिविहीनहरुलाई सेतो छडी सहयोग

2.09K
shares

काठमाडौ, २९ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको हक हित र अधिकार को निम्ति लामो समय देखी निरन्तर रुपमा काम गर्दै आएको अपाङ्गता संरक्षण नेपाल संगको सहकार्यमा ९० जना दृष्टिविहीनहरूलाई सेतो छडी प्रदान गरेको छ ।

मधेश प्रदेश, सप्तरी जिल्लामा पूर्ण दृष्टिबिहीनहरुको सहभागितामा अपाङ्गता संरक्षण नेपाल द्वारा अयोजित अन्तरक्रियात्मक कार्यक्रममा उपस्थीत दृष्टिविहीनहरुलाई बैंकले सो सामग्री हस्तान्तरण गरेको हो ।

बैंकको यो सानो पहलबाट दृष्टिविहीनहरुको दैनिक कामकाज र आवतजावतमा सहजता प्राप्ति हुने विश्वास बैंकले लिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको बैंकले जनाएको छ ।