शून्य प्रतिशत ब्याजमै किन्नुस् विद्युतीय इभि
वि.सं.२०८१ पुस २८ आइतवार १७:१६
shares

काठमाडौं, २८ पुस । काइयी नेपालले अत्याधुनिक काइयी एक्स थ्रि प्रो इभिमा विशेष अफरको घोषणा गरेको छ । काइयी एक्स थ्रि प्रो इभि इलेक्ट्रिक इभि , अब शून्य प्रतिशत ब्याजमा ५ वर्षको लागि उपलब्ध गर्ने भएको होे ।
काइयी नेपालले ड्राइभिङको भविष्यका लागि एउटा असाधारण प्रस्ताव अनावरण गर्न पाउँदा गर्व गरेको जनाएको छ । कम्पनीका अनुसार १२० मकेडब्लु मोटर, ५३.६ केडब्लुएच ब्याट्री, र उल्लेखनीय ३७० किमी दायराको साथ,काइयी एक्स थ्रि प्रो इभिले उच्चस्तरीय विद्युतीय सवारीबाट अपेक्षा गरेको प्रदर्शन प्रदान गर्दछ। यसको २६० एनएम टर्कले रमाइलो ड्राइभिङ अनुभव सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी १२० केडब्लु मोटर पावर शक्तिशाली प्रदर्शनको रहेको छ भने ५३.६ केडब्लुएच ब्याट्री लामो समयसम्म चल्नेछ भने ३७० किमी दायरा चार्जिङको बारेमा चिन्ता नगरी अगाडि यात्रा गर्न कम्पनीले आग्रह समेत गरेको छ ।


















