Dhulikhel Eco Banner new

प्याब्सन काठमाडौंको अधिवेशन  : खुला शत्र सकियो, बन्द शत्र आज हुँदै

3.47K
shares

काठमाडौं, २८ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काठमाडौं जिल्ला समितिको १६ औँ अधिवेशनको खुला शत्र सम्पन्न भएको छ । शनिबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भव्य रुपमा अधिवेशनको खुला शत्र सम्पन्न भएको हो ।

शनिबार खुला शत्र सम्पन्न भएपनि बन्द शत्र भने हुन सकेन । प्याब्सन काठमाडौंका अध्यक्ष प्रेमकुमार राईका अनुसार बन्द शत्र आइबार सम्पन्न गर्ने तयारी छ । अधिवेशनको खुलाशत्रमा बोल्दै प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगानाले नेपाललाई शैक्षिक हवको रुपमा विकास गर्न सकिने भए पनि अहिले अवस्था फरक रहेको बताए । उनले आगामी दशकमा विद्यार्थी भन्दा शिक्षक कर्मचारी नपाउने सम्भावना समेत रहेको आकलन गरेका छन् ।

प्याब्सनका केन्द्रीय सल्लाहकार समिति संयोजक टिकाराम पुरीले शिक्षा विधेयकले निजी विद्यालयको सम्पत्तिको स्वामित्व दिनु पर्ने बताए । आगामी विधेयकमा प्याब्सनका मागहरु नसमेटिए आन्दोलनको आधिबेहरी आउने समेत उनले चेतावनी दिएका छन् ।

प्याब्सन जिल्ला समिति काठमाडौंको अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दैछ ।