२५.४१ अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ पुस २८ आइतवार १५:३९
shares

काठमाडौं, २८ पुस । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २५.४१ अंकले घटेर २,६०९ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ३ अर्ब ९९ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा न्यादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको हो ।
यसदिन सानिमा ग्रोथ फण्डका लगानीकर्ताले ७.५५ प्रतिशतका दरले गुमाएका छन् भने सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले ७.१० प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी ग्रिन विकास बैंकका लगानीकर्ताले ६.८४ प्रतिशतका दरले गुमाएका छन् भने समृद्धि फाइनान्सका लगानीकर्ताले ६.०३ प्रतिशतका दरले गुमाएका छन् ।


















