सांग्रिला डेभलपमेन्ट बैंकको ‘सांग्रिला क्विज २०८१’ सम्पन्न
वि.सं.२०८१ फागुन २६ सोमवार १६:५५
shares

काठमाडौं, २६ फागुन। सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको ‘सांग्रिला क्विज २०८१’ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंमा सम्पन्न प्रतियोगिताको फाइनल चरण ‘कन्ट्रि राउन्ड’मा १० टोलीहरू सहभागी भएका थिए। यस फाइनलमा काठमाडौं क्लस्टरका सञ्जुकुमारी श्रेष्ठ र सुकीर्ति सुवेदी पहिलो स्थानमा रहे भने, सुर्खेत सब–क्लस्टरका होमराज चौधरी र हेमन्त बीसी दोस्रो स्थानमा रहेका हुन्।
बैंकका अनुसार विजेता टोलीहरूलाई जनही ६० हजार पुरस्कार प्रदान गरिएको छ, जबकि दोस्रो स्थानको टोलीलाई जनही ४० हजार पुरस्कार प्राप्त भएको छ।
यस कार्यक्रमका प्रमुख अतिथि, सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले विजेताहरूसँगै कन्ट्रि राउन्डमा पुगेका सबै प्रतिस्पर्धीलाई पुरस्कार र मायाको चिनो प्रदान गरेका बैंकले जनाएको छ ।
बैंकका अनुसार कन्ट्रि राउन्डमा इटहरी, काठमाडौँ, नेपालगञ्ज, र पोखरा क्लस्टर, साथै वीरगञ्ज, बुटवल, चितवन, दाङ, धनगढी र सुर्खेत सब क्लस्टरका दुई दुई जना गरी २० जना प्रतिस्पर्धी सहभागी भएका थिए। यस अघि, ब्रान्च राउन्ड र क्लस्टर राउन्डमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिस्पर्धीहरूलाई कन्ट्रि राउन्डको लागि छनोट गरिएको थियो। ब्रान्च राउन्डमा ४ सय ७६ जना र क्लस्टर राउन्डमा १९६ जना प्रतिस्पर्धीहरूले भाग लिएका थिए।
बैंकले सन् २०८० बाट ‘सांग्रिला क्विज’ आयोजना गर्दै आएको छ र यसले बैंकका कर्मचारीहरूको समर्पण र सेवा भावनाको सम्मान समेत गरेको छ।
सांग्रिला डेभलपमेन्ट बैंक वर्तमानमा ११२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत नेपालभर सेवा प्रदान गर्दै आएको छ। संस्थाले आफ्नो सेवा सुधार र सुशासनका पक्षमा उत्कृष्ट अभ्यास गर्दै भविष्यमा अझ बढी गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।



















