वैदेशिक रोजगारको प्रलोभनमा ठगी गर्ने २ जना पक्राउ
वि.सं.२०८१ फागुन २६ सोमवार १६:३७
shares

काठमाडौं, २६ फागुन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा संखुवासभा मकालु गाउँपालिका २ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका -८ हात्तीगौंडा बस्ने २१ वर्षिय सालिकराम बानियाँ र मकवानपुर इन्द्रसरोवर गाउँपालिका -३ घर भई काठमाडौं कीर्तिपुर नगरपालिका -१४ चोभार बस्ने ३१ वर्षिय एलिना पुरी रहेका छन् ।
पक्राउ मध्ये सालिकरामले अमेरिका पठाइदिन्छु भन्दै १ जनाबाट ५ लाख र एलिनाले १ जनाबाट १ लाख ५ हजार लिई सम्पर्कबिहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए ।
उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई टेकुबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक (प्रवक्ता) काजीकुमार आचार्यले बताएका छन् । थप आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाँचल काठमाडौं पठाइएको उनले बताए ।



















