Dhulikhel Eco Banner new

बागमती नदीमा भेटिएको महिलाको हत्यामा ६ जनालाई पक्राउ, अनुसन्धान जारी

2.17K
shares

काठमाडौं, २६ फागुन । गोकर्णेश्वर नगरपालिका–७, काठमाडौंको बागमती नदीमा मृत अवस्थामा फेला परेकी ३५ वर्षीया महिलाको हत्यामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार दिउँसो बागमती नदीमा बोरा भित्र महिला मृत अवस्थामा भेटिएकी थिइन् । मृत भेटिएकी युवतीको सनाखत समेत हुन सकेको छैन ।

पक्राउ पर्नेहरूमा काठमाडौं गोठाटारका २५ वर्षीय कैलाश खड्का, मकवानपुर हेटौंडाका २० वर्षीय सुरेश तामाङ, नुवाकोटका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोककी २० वर्षीया पुजा परियार र एक नाबालक समेत रहेका प्रहरी उपरीक्षक अपिलराज बोहोराले बताएका छन् ।

‘हामीले बागमती नदीमा भेटिएको महिलाको शव जाँच गर्दा यो हत्याको घटना भएको पुष्टि भएको छ ।’ उपरीक्षक बोहोराले भने ‘सबै अभियुक्तहरूलाई पक्राउ गरिसकिएको छ र अनुसन्धान अघि बढाएको छ ।’

सोमवार थप एक जना अभियुक्तलाई पक्राउ गरिएको समेत उनले खुलासा गरे । उनका अनुसार पक्राउ गरिएका पाँच जनासहित नयाँ पक्राउ परेका व्यक्ति अहिले प्रहरी हिरासतमा रहेका छन् ।

उनका अनुसार, ‘हामी हत्यामा संलग्न सबै अपराधीलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउँदै अनुसन्धान अघि बढाइरहेका छ ।’

काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।