Dhulikhel Eco Banner new

सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा प्यान अपडेट र ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न सकिने 

2.37K
shares
 काठमाडौं, ५ चैत । सिटिजन्स बैंकले मोबाइल बैंकिङ एप मार्फत आफ्नो खातामा प्यान अपडेट गर्न सक्नुका साथै ब्यालेन्स सर्टिफिकेट आवश्यक  परेमा एप मार्फत अनुरोध गर्न सकिने व्यवस्था मिलाएको छ ।
बैंकले ग्राहकहरूको लागी अब घरमै बसी बसी बैंकको मोबाइल बैंकिङ एप मार्फत आफ्नो खातामा प्यान अपडेट गर्न सक्नुका साथै ब्यालेन्स सर्टिफिकेट आवश्यक  परेमा एप मार्फत अनुरोध गर्न सकिने व्यवस्था ल्याएको हो । यस सुविधा पश्चात ग्राहकहरूले बैंकको शाखा कार्यालय नगई सहज र झंझट मुक्त सुविधा प्राप्त गर्न सक्नुहुने  विश्वास बैंकले लिएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।