Dhulikhel Eco Banner new

सिटिजन्स बैंकको अगुवाईमा देशकै पहिलो तेश्रो पक्ष भण्डारण सेवा परियोजना बन्ने

2.34K
shares

काठमाडौं, ११ चैत । सिटिजन्स बैंकको अगुवाईमा माछापुच्छ्रे बैंकसहित २ बैंकहरुले ९५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी नेपालमै पहिलो पटक तेस्रो पक्ष भण्डारण सेवा परियोजना आउने भएको छ । आइतबार प्रवद्र्धक कम्पनी उपाय वयरहाउजिङ्ग प्रा.लि. एवं लगानीकर्ता बैँकहरु बिच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा व्यवस्थापन भएको हो । बैंकका अनुसार उक्त परियोजना बाग्मती प्रदेश, काभ्रेपलान्चोक जिल्ला, बनेपा नगरपालिका, नासीका स्थान सांगामा निर्माण हुनेछ ।

परियोजनाको अनुमानित लागत करीब १ अर्ब २० करोड ७ लाख मध्ये बैंकहरुले ८५ करोड बराबरको आवधिक कर्जा (निर्माण अवधिको व्याज बाहेक) बढीमा ८०ः२० को ऋण स्वपुँजी रहने गरि लगानी गर्ने जनाएको छ । यसमध्ये सिटिजन्स बैंकबाट ६० करोड (आवधिक कर्जा ५० करोड, बैंक ग्यारेण्टी सुविधा ५ करोड र क्यास क्रेडिड कर्जा रु ५ करोड) र माछापुच्छ्रे बैँक लि. बाट ३५ करोड (आवधिक कर्जा) लगानी हुनेछ भने बांकी स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने बैंकले जनाएकोृ छ । परियोजना आगामी दुई वर्ष भित्र निर्माण सम्पन्न गरी भण्डारण सेवा प्रदान गर्ने लक्ष्य रहेकोे छ ।

सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै सिटिजन्स बैँकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सिटिजन्स बैंकले स्थापनाकाल देखिनै एकल लगानीका साथै आफ्नो अगुवाई, सह अगुवाई तथा अन्य बैंकहरुसँगको सहवित्तीयकरण कर्जा मार्पmत जलविद्युत, हरित उर्जा, अस्पताल, उत्पादन तथा अन्य क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएको बताएका छन् ।

प्रवद्र्धक कम्पनी उपाय वयरहाउजिङ्ग प्रा.लि.का तर्फबाट अध्यक्ष सुमन रायमाझीले आगामी दुई वर्ष भित्र परियोजना निर्माण सम्पन्न गरी तेस्रो पक्ष भण्डारण सेवा, प्याकेजिङ सेवा, कार्यालय सामाग्रीको आपुर्ती तथा प्रबन्ध सेवा, लेवालिङ सेवा, ढुवानी सेवा तथा अन्य सम्पुर्ण सेवाहरु प्रदान गरिने बताएका छन् । उनले कम्पनीले आवश्यक सरकारी सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पुरा गरेर आयोजना निर्माण शुरु गरि समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।