Dhulikhel Eco Banner new

सिटिजन्स बैंकद्वारा लोटस सार्वजनिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण

3.32K
shares

काठमाडौं, १५ चैत । सिटिजन्स बैंकले कोशी प्रदेश मोरंग जिल्लाको बुढीगंगा गाउँपालिका स्थित लोटस सार्वजनिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग प्रदान गरेको छ । बैंकले यो सहयोग संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरेको हो ।

लोटस विद्यालय दलित, जनजाति, अनाथ र विपन्न वर्गका १५० बालबालिकालाई निःशुल्क अंग्रेजी माध्यममा शिक्षा प्रदान गर्दै आएको छ । बैंकले उक्त विद्यालयलाई विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउन मद्दत पुर्याउनको लागि कम्प्युटर र प्रिन्टर वितरण गरेको जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले विद्यालयमा आयोजित समारोहमा उक्त उपकरण हस्तान्तरण गरेका थिए । समारोहमा उनले बैंकको सानो सहयोगले विद्यालयका विद्यार्थीहरूलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्दै, विपन्न समुदायका विद्यार्थीहरूलाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गरेका थिए । उनले यसरी सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका लागि आगामी दिनहरूमा पनि बैंकले विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको जानकारी दिए ।

सिटिजन्स बैंकले केही समय पहिले  सिटिजन्स फोनपे क्रेडिट कार्डको शुभारम्भ पनि गरेको थिए, जुन नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्डको रूपमा उपलब्ध भएको हो । बैंकले मोबाइल बैंकिङ्ग एप मार्फत शेयर आवेदन र ऋण नम्बर सेवा पनि प्रदान गरेको जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालका ६१ जिल्लामा २०० भन्दा बढी शाखा र १६८ ए।टी।एम मार्फत १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको जनाएको छ।